बिहीबार ६ बैशाख, २०८१ (Thursday April 18, 2024)

सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने 

बिहीबार २० जेष्ठ, २०७८ विचारवाटिका 2668


सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने 

जेठ २०, काठमाडौँ । आर्थिक वर्ष ०७८/७९ को जेठ १५ गते सार्वजनिक गरिएको बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको छ ।

पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने र जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरीसकेको केन्द्रले स्पष्ट गरेको छ ।

यसअघि कक्षा १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराएको सरकारले यो पाली भने कक्षा १२ लाई पनि विद्यालय तहकै रूपमा अङ्गीकार गरेको छ ।

सरकारले भनेकै समयमा पुस्तक उपलब्ध गराउन सक्षम रहेको जानकारी जनक शिक्षाका महाप्रबन्धक अनिलकुमार झाले दिनुभयो । हाल जनक शिक्षाले कक्षा ११ का नेपाली, अङ्ग्रेजी, सामाजिक विषयका पाठ्यपुस्तक छपाइ गरिरहेको छ । 

गतवर्ष पनि जनक शिक्षाले कक्षा ११ का अनिवार्य विषयका पाठ्यपुस्तक प्रकाशन गरी बिक्री वितरण गरेको थियो ।
कक्षा १२ को पाठ्यपुस्तक भने पाठ्यक्रम विकास केन्द्रले छपाइका लागि स्वीकृति दिन बाँकी रहेको जनाएको छ । 

विद्यालय तहको नयाँ शैक्षिक सत्र असारबाट नैे प्रारम्भ गर्ने निणर्य यसअघि नै सरकारले गरिसकेको छ । यो अवस्थामा नयाँ शैक्षिक सत्र प्रारम्भ भएलगत्तै विद्यार्थीको हातमा नयाँ पुस्तक पुर्‍याउन समस्या नहुने जनक शिक्षाले दाबी गरेको छ ।

हालै भने जनक शिक्षाले सामुदायिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई आवश्यक पर्ने पुस्तक छपाइ कार्य पूरा गरेर बिक्री वितरणको तयारी सुुरु गरेको छ । कक्षा ४ देखि १० सम्म एक करोड ७७ लाख थान पुस्तक छपाइ गरिएको छ । प्रदेशका कार्यालयमा यसको वितरणका लागि पठाइसकिएको जानकारी महाप्रबन्धक झाले दिनुभयो ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाले सरकारी छापाखानाको ढुवानीलाई सवारीसाधनमा ब्यानर वा प्रिन्ट राखी राति ९ बजेदेखि बिहान ९ बजेसम्म न्यूनतम जनशक्ति प्रयोग गरेर काम गर्न बाटो खोलिदिएका छन् । जनकका विराटनगर, जनकपुर, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा प्रदेश कार्यालय रहेका छन् ।

विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन यतिले मात्रै सम्भव नहुने महाप्रबन्धक झाले बताउनुभयो । सबै जिल्लामा पुस्तक पसल खुल्ने या जनक शिक्षाका बिक्रेताले पुस्तकको कारोबार गर्न पाएमा विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन सम्भव हुने उनले बताए ।




मतहरू

nourece

lasix hyponatremia lasix and calcium levels lasix common side effects


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु