शुक्रबार ५ कार्तिक, २०७८
कात्तिक ५, काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी)का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेलमा जिपलाइन खेलको अनुभव लिएका छन् ।
आफनो नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्ड क्लासिक जिपलाइनमा सयर गरेका हुन् ।
आफूलाई साहासिक गतिविधिमा रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए ।
काठमाडौबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको धुलिखेल जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरु भएको हो । जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ ।
