बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

आधुनिक कृषि सहकारीको ११औं वार्षिक साधारणसभा सम्पन्न

बुधबार १ मंसिर, २०७८ विचारवाटिका 3012


आधुनिक कृषि सहकारीको ११औं वार्षिक साधारणसभा सम्पन्न

मंसिर १ ,रामेछाप ।आधुनिक कृषि सहकारी संस्था लि. काे ११औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष भानुभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएकाे छ।

कार्यक्रममा रामेछाप न.पा.१ गाेठगाउँका वडा अध्यक्ष नर बहादुर थापा,प्रधानमन्त्री कृषि आधुनिकी करण परियाेजना रामेछापका कार्यालय प्रमुख थिर लाल गैरे,नेकपा एकिकृत समाजवादी पार्टीका नेतृ शान्ता सापकाेटा, गाेठगाउँ जनमुखी बचत तथा ऋण सहकारीको काेषाध्यक्ष संजय कुमार थापा ,गाेठपानी बचत तथा ऋण सहकारीको उपाध्यक्ष प्रदिप थापा मगर,भुपू सैनिक सहकारी संस्था गाेठगाउँका व्यवस्थापक वेद बहादुर कार्की , श्री चण्डेश्वरी मा.वि. का प्र.अ. केशवराज सापकाेटा ,गाेठगाउँका पूर्व गाविस अध्यक्ष हरि बहादुर कार्कीले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे।

११ औं वार्षिक साधारणसभाले संस्थाकाे प्रगति प्रतिवेदन ,आर्थिक प्रतिवेदन ,लेखापरीक्षण प्रतिवेदन सगै व्यवसायी कृषिको लागि वार्षिक १० वुदे कार्यविधि समेत सर्व- सम्मत पारित गरेकाे छ।

२०६७ सालमा स्थापना भएको आधुनिक कृषि सहकारीले हाल सम्म ७१ लाख ७ हजार २ सय ६३ रूपैयाँ कुल काराेवार गर्नुका साथै पाँच सय शेयर सदस्य पुगेको सहकारीको अध्यक्ष भानुभक्त श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे, श्रेष्ठले दिएकाे जानकारी अनुसार सहकारीले फलफूल ,दूध तथा दुधजन्य सामान ,तरकारीकाे उत्पादन तथा बजारीकरणमा समेत सहजीकरण गर्दै आएकाे छ।

तस्विर :तिलमाया श्रेष्ठ




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु