मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

शाक्यले ल्याइन् सर्वाधिक मत

मंगलवार १४ मंसिर, २०७८ विचारवाटिका 1936


शाक्यले ल्याइन् सर्वाधिक मत

मंसिर १४, काठमाडौँ । नेकपा (एमाले)को १०औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो । 
चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानको अन्तिम मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदै निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी भीम रावलले भने २२४ मत मात्र प्राप्त गरेका छन् ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएकी छिन् । उनले १९८० मत प्राप्त गरिन् । उपाध्यक्षमा निर्वाचित सुरेन्द्र पाण्डेले १९२९, सुवास नेम्बाङले १८६९, विष्णु पौडेलले १८५९, युवराज ज्ञवालीले १८४६ र रामबहादुर थापाले १७७१ मत प्राप्त गरे । उपाध्यक्षमा पराजति घनश्याम भुसालले ७२६ मत ल्याए ।

सचिवमा गोकर्ण विष्टले सर्वाधिक १९७८ मत प्राप्त गरे । योगेश भट्टराईले १९६४, टोपबहादुर रायमाझीले १८०७, छविलाल विश्वकर्मा १८०६ र पद्मा अर्यालले १८०३, लेखराज भट्टले १७०७, र रघुवीर महासेठले १५०३ मत ल्याउँदै सचिव पदमा निर्वाचित भए ।

सचिवमा पराजित भीम आचार्यले ७८९ सय र टंक कार्कीले ५६० मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चयन भए ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु