सोमबार २३ श्रावण, २०७९ (Monday August 08, 2022)

कांग्रेस :सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर निर्वाचित

आईतवार १९ मंसिर, २०७८ विचारवाटिका 1280


कांग्रेस :सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर निर्वाचित

मंसिर १९, नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुरबलायर निर्वाचित भएका छन् ।

जम्मा १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ जनाले मतदान गरेका थिए जसमध्ये बलायरले ६ सय ८८ मत लयाए । बलायर संस्थापन समूहका उम्मेदवार पनि हुन् ।

पदाधिकारीमा पनि उनकै प्यानल विजयी भएको छ । उपसभापतिमा जनकराज चौधरी ६१० र लोकराज अवस्थी ५२३ मतका साथ विजयी भए । महामन्त्रीमा मेघराज खड्का ६४८ र नरनारायण शाह ६३५ मत पाएर निर्वाचित भए ।

यसैगरी सह महामन्त्रीमा चिन्तामणि भट्ट ५२९, गोपालदत्त भट्ट ५३३ र अम्बिकाकुमारी चलाउने ६८६ मतका साथ निर्वाचित भएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु