शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

पूर्वखेलाडी पारस खड्का क्रिकेट संघको सचिवमा  निर्वाचित

शनिबार ६ आश्विन, २०८० विचारवाटिका 1443


पूर्वखेलाडी पारस खड्का क्रिकेट संघको सचिवमा  निर्वाचित

असोज ६ काठमाडौं, नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । आज भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पछिपार्दै पारस निर्वाचित भएका हुन् ।

कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाएका छन् । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष रहेका छन् ।

क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भइसकेका छन् ।

सदस्यहरुमा पनि महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया निर्विरोध चयन भएका छन् ।




मतहरू

cue sports

Very interesting information! Perfect just what I was looking for! My site: how does pool betting work


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु