मंगलवार ३ चैत्र, २०८२ (Tuesday March 17, 2026)

अहिलेकै खोपले ओमिक्रोनविरुद्ध काम गर्न सक्ने डब्ल्यूएचओको भनाई

बुधबार २२ मंसिर, २०७८ विचारवाटिका 2407


अहिलेकै खोपले ओमिक्रोनविरुद्ध काम गर्न सक्ने डब्ल्यूएचओको भनाई

मंसिर २२, काठमाडौं । विश्व स्वास्थ्य संगठन  (डब्ल्यूएचओ)ले हाल प्रयोग भइरहेका कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्न सक्ने बताएका छन् ।

दक्षिण अफ्रिकामा नयाँ भेरियन्टबारे गरिएको नयाँ ल्याब परीक्षणबाट ओमिक्रोनले फाइजर खोप छल्न सक्ने देखिएका बेला डब्ल्यूएचओका अधिकारीहरुको पछिल्लो धारणा आएको छ ।

अनुसन्धानकर्ताले पनि नयाँ भेरियन्टविरुद्ध खोपको प्रभावकारिता कम हुन सक्ने बताइरहेकाका छन् तर डब्ल्यूएचओका स्वास्थ्य आपतकाल कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले ओमिक्रोनको खोप छल्ने क्षमता अन्य भेरियन्टभन्दा राम्रो रहेकोबारे हालसम्म कुनै संकेत फेला नपरेको बताएका हुन् ।

प्रारम्भिक तथ्याङ्कबाट समेत डेल्टा र अन्य भेरियन्टको तुनलामा ओमिक्रोनले गम्भीर संक्रमण गर्ने संभावना कम रहेको डा. रायनको भनाइ छ ।

 
 




मतहरू

insiquava

cialis dosage I was concerned because I read that it can mess with your bone density as well as it can take up to two years to get pregnant after stopping


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु