शनिबार १७ पुष, २०७८
पुस १७, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र स्थगित भएको छ ।
शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएकामा ती सबै कार्यक्रम भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको नेता रामनारायण विडारीले बताएका छन् ।
शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो ।
यसबीचमा नेताहरुबीच सहमतिको प्रयास पनि भइरहेको थियो । एक नेताका अनुसार आइतबार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा सहमतिमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्ने तयारी छ ।