आईतवार २८ भाद्र, २०८३ (Sunday September 13, 2026)

ज्येष्ठ नागरिकलाई दिने भनिएको कोरोना खोपको ‘बुस्टर डोज’ स्थगित

मंगलवार २० पुष, २०७८ विचारवाटिका 2319


ज्येष्ठ नागरिकलाई दिने भनिएको कोरोना खोपको ‘बुस्टर डोज’ स्थगित

पुस २०, काठमाडौं । नेपाल सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनिएको ‘बुस्टर’ डोज खोप अभियान स्थगित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै केही लक्षित वर्षका लागि कोभिड–१९ खोपको थप मात्रा दिने कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ ।

‘सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गर्न आवश्यक छ । त्यसैले थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने व्यहोरा सबैमा हार्दिक अनुरोध छ’ प्रवक्ता संगीता कौशल मिश्राले जानकारी दिइन् ।

सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनी सोमबार सूचना जारी गरेको थियो । तर त्यसै सूचनाअनुसार खोप केन्द्रमा पुगेका जेष्ठ नागरिक र दीर्घरोगीले खोप पाएका थिएनन् ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु