शुक्रबार २३ पुष, २०७८
पुस २३, काठमाडौं । नेकपा (एमाले)ले आज जिल्ला अधिवेशन गर्दैछ ।
आन्तरिक विवादमा परेका १६ जिल्लाहरुमा जिल्ला अधिवेशन स्थगित गरिएको छ ।
स्थगित गरिएका जिल्लाका अधिवेशन पछि गरिने नेकपा एमालेले जनाएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा जिल्ला अधिवेशनको उदघाटन एकसाथ गर्ने एमालेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।
काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन समारोह मूलपानीस्थित क्रिकेट रंगशालामा आयोजना गरिएको छ । त्यहाँ एक लाख मानिस उतार्ने एमालेले दाबी गरेको छ ।
एमालेले जिल्ला अधिवेशनका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्जहरू जिल्ला–जिल्लमा केही दिनदेखि नै खटिएका छन् ।