बिहीबार १३ माघ, २०७८
माघ १३, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको व्यवस्थापन संकायको डिन कार्यालयमा ताला लगाई दिएको छ ।
क्याम्पसहरुले छात्रवृत्तिका नाममा विद्यार्थीबाट रकम असुलेको भन्दै आज डिन कार्यालयमा तालाबन्दी गरेको हो ।
नेविसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझाका अनुसार उपत्यकाका अधिकांश क्याम्पसले छात्रवृत्तिको नाममा विद्यार्थीबाट रकम असुली गरेकोप्रति आपत्ति जनाउँदै तालाबन्दी गर्नु परेको बताएका छन् ।
उनले भने, ‘त्रि.वि. अन्तर्गतका अधिकांश सम्बन्धन प्राप्त काठमाडौका क्याम्पसलेले छात्रवृतिका नाममा लुट मच्चाएको छ । यो नरोकेसम्म हामी आन्दोलन र संघर्षका कार्यक्रमहरु जारी राख्छौं ।’
छात्रवृतिका नाममा रकम असुल्ने क्याम्पसहरुको सम्बन्धन खारेज गर्न आवश्यक कारबाहीसमेत गर्न नेविसंघले माग गरेको छ ।
GhhFH
where to buy seroquel