शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

नेताहरुले बोल्ने क्रम नसकिएपछि भोलि पनि बैठक बस्ने

बिहीबार २७ माघ, २०७८ विचारवाटिका 1888


नेताहरुले बोल्ने क्रम नसकिएपछि भोलि पनि बैठक बस्ने

माघ २७, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलि पनि बस्ने भएको छ ।

आज दिउँसो बसेको बैठकमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसीसी विषयमा छलफल भएको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार नेताहरुले आज बोल्ने क्रम नसकिएकाले भोलि पनि बैठक बस्ने बताएका छन् ।

आजको बसेको बैठकमा डा. शशांक कोइराला, डा. रामशरण महत, सुनीलबहादुर थापा, बलबहादुर केसी, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ लामा र आनन्दप्रसाद ढुंगानाले धारणा राखेका थिए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु