शुक्रबार ६ फाल्गुन, २०७८
फागुन ६, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउँदा एमालेका केहि नेताहरूले भन्ने गर्नुहुन्थ्यो नेपालको र्वतमान राजनीति ओलीको वरिपरि घुमिरहने छ सत्तामा भए पनि नभए पनि ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)र नेकपा एमाले फुटाएर गएका माधव नेपाल लगायतका नेता त एमालेलाई फुटाइयो, केपी ओलीलाई सिद्धाइयो भन्दै भाषण गर्दै हिँड्नुभयो ।
प्रचण्ड भन्नुहुन्थ्यो, ‘ओलीले आगोसँग खेले, मैले पहिले नै भनेको थिएँ कि आगोसँग खेल्नु हुँदैन भनेर, आगोसँग खेल्दा के भयो, तँपाईहरुले देख्नुभएकै छ ।’ प्रचण्डले आफूलाई आगो ठान्नु हुन्थ्यो ।
जनतालाई पनि करिब दुईतिहाई नजिकको संघीय सरकारको प्रधानमन्त्रीबाट बाहिरिनु भएको ओली फेरि राजनीतिमा कसरी स्थापित हुन सक्नुहालो भन्ने थियो । संघीय सरकारबाट एमाले र केपी ओली बाहिरिएपछि भएको कांग्रेस, माओवादी लगायतका दलको गठबन्धनको कारण एमाले सबै प्रदेशमा समेत सरकारबाट बाहिरिएपछि अब एमाले र ओली संकटमा परे भन्ने लागेको थियो ।
ओली र एमाले सत्ताबाट बाहिरिएको तीन महिना नहँुदै देशको राजनीतिले नयाँ रूप लियो । आफूलाई आगो ठान्ने प्रचण्ड एकाएक खरानी भए ।
कार्यकर्ता बिचमा एमसीसी राष्ट्रघाती छ, यसलाई पास गर्नु हुँदैन भन्ने तर अमेरीकालाई भने एमसीसी पास गर्छौँ भनेर पत्र पठाउने उहाँको दोहोरो चरित्र सार्वजनिक भएपछि उहाँ एकाएक आगोबाट खरानी भए ।
केपी ओलीलाई सिद्धाएर आफू सिंह भएँ भन्ने ठान्नुभएका माधव नेपाल एकाएक स्याल जस्तो बन्नुभयो । मान सम्मान खोज्ने माधवको मान पनि गुम्यो, सम्मान पनि सकियो । पाँच दलीय गठबन्धनका भिष्मपितमह ठान्ने नेपालाई बैठकमा समेत बोलाउन छाडियो ।