आईतवार २८ फाल्गुन, २०७९
फागुन २८ काठमाडौं, आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) माथि सानदार जित हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले युएईलाई १ सय ७७ रनले जितेको छ । नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएई २२ ओभर ५ बलमा ७१ रन बनाउँदा अलआउट भएको हो ।
नेपालका ललित राजवंशीले ५, सन्दीप लामिछाने र गुल्शन झाले समान २–२ तथा सोमपाल कामी र दीपेन्द्रसिंह एेरीले समान १–१ विकेट लिएका छन् ।
युएईलाई हराएसँगै नेपालले एकदिवसीय मान्यतालाई कायमै राखेको छ । नेपालले सोझै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायमै राख्नेछ ।