शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

 सहकारीले एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने

बुधबार १ भाद्र, २०७९ विचारवाटिका 1574


 सहकारीले एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने

 भाद्र १ काठमाडौं, सहकारी विभाग बानेश्वरले सहकारी संस्थालाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

विभागले सम्पूर्ण सहकारी संस्थालाई अबको एक साताभित्र सार्वजनिक सूचना प्रकाशन गरेर सदस्यहरुलाई संस्थाको वित्तीय विवरण जानकारी गराउन निर्देशन दिएको हो ।

संस्थाले कुल बचत, शेयर पुँजी, जगेडा कोष, कुल सम्पत्ति, लगानीमा रहेको कर्जा, कुल शेयर सदस्य संख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल संस्थागत पुँजी र विभिन्न कोषहरुमा रहेको रकमबारे शेयर सदस्यलाई जानकारी गराउनुपर्ने निर्देशनमा उल्लेख छ ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु