शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

 काठमाडौंमै मनाए अष्टिम्की पर्व

शुक्रबार ३ भाद्र, २०७९ विचारवाटिका 2036


 काठमाडौंमै मनाए अष्टिम्की पर्व

भदौ ३ काठमाडौं, पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायका महिलाहरुले काठमाडौंमा अष्टिम्की पर्व मनाएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा आज विशेष कार्यक्रमको आयोजना गरेर थारु समुदायका महिलाहरुले अष्टिम्की पर्व मनाएका हुन् । दुई दिनसम्म मनाइने यो पर्वमा महिला, युवतीहरूले निराहार व्रत बसेर साँझपख विधिपूर्वक पूजाआजा समेत गरेका हुन् ।

थारु अगुवा शत्रुघनप्रसाद चौधरीका अनुसार अष्टिम्की पर्वमा विवाहित महिलाहरू आफ्नो श्रीमानको दीर्घायूको कामना गर्दछन् भने अविवाहित युवतीहरूले राम्रो बर पाउनका लागि निराहार व्रत बस्‍ने गरेको बताए ।

यस पर्वमा व्रत बसेमा मनोकामना पूरा हुने र सुख, शान्ति, समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको बताउदै अगुवा चौधरीले भोलिपल्ट विवाहित छोरीचेलीलाई ‘अग्रसान’ उपहार दिने चलन रहेको उनले बताए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु