मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

साफ वुमेन्स च्याम्पियनसिप -२०२२:नेपाल र बंगलादेश फाइनलमा 

शुक्रबार ३१ भाद्र, २०७९ विचारवाटिका 1669


साफ वुमेन्स च्याम्पियनसिप -२०२२:नेपाल र बंगलादेश फाइनलमा 

भाद्र ३१ काठमाडौँ, साफ वुमेन्स च्याम्पियनसिप -२०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ ।  दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा भारतलाई १–० ले हराएर नेपाल फाइनलमा पुगेको हो ।

इतिहासमा पहिलो पटक भारत सेमिफाइनलबाट बाहिरिएको हो । नेपालले भने पाँचौँपल्ट फाइनल खेल खेल्नेछ ।

भारतको यो लगातार दोस्रो हार हो । यस अगाडि भारत लिग चरणमा बांग्लादेशसँग पनि पराजित भएको धियो । भारत यस अगाडिका सबै संस्करणको विजेता हो ।

साफ च्याम्पियनसिपको इतिहासमै भारतमाथि नेपालको यो पहिलो जित हो । समग्रमा नेपालले भारतलाई हराएको दोस्रो पल्ट हो । यस अगाडि सन् २०१९ को हिरो गोल्डकपमा पराजित गरेको थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु