बिहीबार २५ असार, २०८३ (Thursday July 09, 2026)

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै,२०८३-८४ को बजेट माथि छलफल हुने कार्यसूची तय।

सोमबार १ असार, २०८३ Bichar Batika 1261


संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै,२०८३-८४ को बजेट माथि छलफल हुने कार्यसूची तय।

असार १ काठमाडौं ,प्रतिनिधिसभा र राष्ट्रियसभामा दुवै सदनको बैठक आज बस्दै छ, बैठकमा आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटसँग सम्बन्धित विषय माथि छलफल हुने कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जनाएकाे छ ।
 सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ , बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका लागि प्रस्तावित बजेट शीर्षकमाथि समूहगत छलफल सुरु हुनेछ,आजको बैठकमा युवा तथा रोजगार, उद्योग तथा आपूर्ति, कृषि, वन तथा वातावरण, सञ्चार, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, भूमि व्यवस्था तथा सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका र सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरूले धारणा राख्ने कार्य सुचि तय भएकाे छ ।
 राष्ट्रियसभाको बैठक भने दिउँसो १ः१५ बजे बस्नेछ , बैठकमा आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहनेछ,छलफलका क्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्ले ले दिने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु