बिहीबार १५ चैत्र, २०८० (Thursday March 28, 2024)

पर्सामा मंसिर १ देखि नाका बन्द हुने

मंगलवार २९ कार्तिक, २०७९ विचारवाटिका 1257


पर्सामा मंसिर १ देखि नाका बन्द हुने

 कात्तिक २९ वीरगञ्ज, छिमेकी मुलुक भारतसँग सीमा जोडिएको पर्सा जिल्लाका सम्पूर्ण सीमा नाका यहि मंसिर १ गतेदेखि बन्द हुने भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै १ गतेदेखि सीमा नाका बन्द गर्न लागिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सूचना जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

मंसिर १ गते रातको १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सम्पूर्ण सीमा नाका बन्द रहने उनले बताएका छन् । 
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु