सोमबार ११ पुष, २०७९
पौष ११ काठमाडौं, वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पदभार ग्रहण गरेका छन् ।
आज साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति भण्डारीबाट शपथ लिएलगत्तै प्रचण्डले लैनचौर पुगेर शहीदहरूको शालिकमा माल्यार्पण गरेका हुन् ।
लैनचौरबाट सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पदभार ग्रहण गरे ।