सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

परराष्ट्र नीतिलाई बदलिँदो परिवेशसंगत बनाउने तयारीमा मन्त्रालय

बुधबार १८ माघ, २०७९ विचारवाटिका 1965


परराष्ट्र नीतिलाई बदलिँदो परिवेशसंगत बनाउने तयारीमा मन्त्रालय

 माघ १८ काठमाडौं, परराष्ट्रमन्त्री विमला राई पौड्यालले मुलुकको परराष्ट्र नीति–२०७७ लाई नयाँ परिवेशअनुसार सान्दर्भिक बनाउनका लागि परामर्श गर्ने बताएकी  छिन् ।

 मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको छलफलमा पौड्यालले परराष्ट्र नीतिलाई बदलिँदो परिवेशसंगत बनाउन र त्यसको प्रभावकारी कार्यान्वयनका लागि विज्ञहरूसँग परामर्श गर्ने तयारी गरिरहेको उल्लेख गरेकी हुन् ।

‘दुई वर्षअघि बनेको परराष्ट्र नीतिको रिफ्लेक्सन गर्नुपर्ने भएको छ । त्यसलाई वर्तमान परिस्थितिअनुकुल बनाउनुपर्छ भन्ने लागेको छ,’ मन्त्री पौड्यालले भनिन्, ‘त्यसलाई अहिले रिफ्लेक्सन गरेर कन्सलटेसनमा जानेछौं ।’




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु