बुधबार २० जेष्ठ, २०८३ (Wednesday June 03, 2026)

म आम मान्छेको रुपमा मुद्दा लड्छु: रवि लामिछाने 

आईतवार २२ माघ, २०७९ विचारवाटिका 2069


म आम मान्छेको रुपमा मुद्दा लड्छु: रवि लामिछाने 

माघ २२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)का सभापति रवि लामिछानेले नेपाली पासपोर्टको आफूले दुरुपयोग नगरेको बताएका छन् । आइतबार पार्टीको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रष्टीकरण दिएका हुन् ।

 नेपाल फर्किएपछि आफूले केही प्रक्रियागत त्रुटि गरेको लामिछानेले स्वीकार गरेका छन् । अमेरिकी पासपोर्ट फिर्ता नगर्दै आफूले नेपाली पासपोर्ट लिएको भए पनि त्यसको प्रयोग वा दुरुपयोग नगरेको उनको भनाइ रहेको छ ।

उनका अनुसार नेपाल फर्किँदा आफ्नो आमाको काखमा फर्किएको सन्तानले शर्तहरूमा ध्यान दिनुपर्छ जस्तो लागेन । मैले आफ्नो आवश्यकताका लागि पासपोर्ट, ड्राइभिङ लाइसेन्स, प्यान नम्बर सबै लिएको हुँ । तर, अमेरिकी पासपोर्ट तत्काल च्यातेर देशबाट फर्किन मिल्थेन ।’ म आम मान्छेको रुपमा मुद्दा लड्छु । मैले पासपोर्टको प्रयोग वा दुरुपयोग गरेको छैन । को कहिले गयो कहिले फर्कियो, त्यो त इमिग्रेसनको डेटामा भइहाल्छ । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु