बिहीबार २२ जेष्ठ, २०८२
जेष्ठ २२ काठमाडौं , अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले पूर्वप्रधानमन्त्री एवम् नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।
अख्तियारले पतञ्जली योगपीठलाई आयुर्वेद अस्पताल तथा जडिबुटी केन्द्रका नाममा दिइएको हदबन्दी छुटको जग्गा बिक्री भएको प्रकरणमा
नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी गर्दै विहिवार विशेष अदालतमा मुद्दा दायर गरिएकाे छ ।
पूर्व प्रधानमन्त्री नेपाल विरूद्व हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाईकाे छ ।