शनिबार ६ फाल्गुन, २०७९
फागुन ६ काठमाडौं, नेपाली सेनाले आज देशभर विभिन्न कार्यक्रम गरी महाशिवरात्री एवं सेना दिवस भव्य रूपमा मनाएको छ ।
सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर सेना दिवस मनाएको हो । समारोहमा नेपाली सेनाले विभिन्न सैनिक कला प्रस्तुत गरेको छ ।
परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ । समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले प्रस्तुत गरिएको छ । हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७९ लेखिएको ब्यानर प्रदर्शनी तथा पुष्पवृष्टि समेत गरिएको छ ।