बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

५० लाखसम्मको शेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत कायम 

आईतवार १४ श्रावण, २०८० विचारवाटिका 1935


५० लाखसम्मको शेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत कायम 

साउन १४, नेपाल राष्ट्र बैंकले २०७९ संशोधनको लागि एकिकृत निर्देशन सर्कुलर जारी गरेको छ। राष्ट्र बैंकले मौद्रिक नीति २०८०÷८१ मा गरिएको व्यवस्थाको कार्यान्वयनका लागि साउन १२ गते सर्कुलर जारी गरेको छ।

यसमा राष्ट्र बैंकले शेयर धितो कर्जा, रियल स्टेट कर्जा, हायर पर्चेज कर्जा, अटो लोन, प्यान नम्बर, आवासीय कर्जा लगायतका बारेमा नयाँ ब्यवस्था स्पष्ट रुपमा जानकारी दिएको छ। यस अनुसार, अब ५० लाखभन्दा माथिको शेयर धितोकर्जामा १५० प्रतिशतको जोखिम भार लागु हुनेछ। यसबाहेक, २५ लाखभन्दा बढीको शेयर धितोकर्जामा १५० प्रतिशतको जोखिम भार रहेकोमा अब ५० लाख भन्दा बढीको शेयर धितोकर्जामा १५० प्रतिशतको जोखिम भार कायम गरिएको हो।

त्यस्तै ५० लाखसम्मको शेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत कायम गरिएको छ । यस अघि २५ लाख सम्मको शेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशत कायम गरिएकोमा त्यसलाई बढाएर ५० लाख पुर्याएको हो ।


यस्तै, पहिलो आवासीय घर कर्जाको सीमा २ करोड पुर्याएको छ। तत्काल पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख थियो। जुनमा पहिलो आवासीय घर कर्जा १ करोड ५० लाखको सीमामा लोन टु भ्यालु रेसियो ७० प्रतिशत थियो, अब पहिलो आवासीय घर कर्जाको सीमा २ करोडमा लोन टु भ्यालु रेसियो ७० प्रतिशत कायम गरिएको छ।

बैंकहरूले आधारदरभन्दा कम ब्याजमा ऋण प्रदान गर्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकको अनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहहरूले आफ्नो कार्यक्रमहरूको अन्तर्गत वा कुनै दातृ निकायबाट प्राप्त सहुलियत दरको सहायता÷अनुदान रकमलाई बैंक तथा वित्तीय संस्थामार्फत तोकिएको क्षेत्र एवं वर्गमा ऋण पच्चिलन हुने गरी संचालन गरेको कार्यक्रम अन्तर्गतको कर्जा औसत आधारदरभन्दा कम ब्याजदरमा प्रवाह गर्न सकिन्छ। तर यसमा शर्त लागू गरिएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु