मंगलवार १८ बैशाख, २०८१
बैशाख २८ इलाम , नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलाम दुइमा २७ हजार ७ सय ७२ मतकाे साथ शानदार बिजयी भएकाे छ ।
एमालेकाे उम्मेदवार नेम्वाङ ५ हजार ८ सय ३० मतकाे अन्तरले बिजयी हुदा नेपाली काँग्रेसकाे उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ ,स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० ,मंगाेल नेशनल अर्मगनाइजेसनका उम्मेदवार मनि बहादुर लिम्बूले ८ सय १६ , नेकपा ए. समाजवादी पार्टीको उम्मेदवार जित बहादुर राईले ४ सय ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार लक्ष्मी गुरूङले ४ सय ४ मत मात्रै ल्याएकाे छ ।