सोमबार १७ मंसिर, २०८१
मंसिर १७ दाेलखा, दाेलखाकाे गाैरिशंकर गाउँपालिकाकाे उपप्रमुखमा पदमा आइतबार सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेकी उमा शेर्पा २०५ मतले विजयी भएको छ ।
शेर्पाले २ हजार ८ सय ५ मत ल्याई निर्वाचित हुदा माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६ सय मत ,नेपाली कांग्रेसकी पासाङदिकी शेर्पाले भने १ हजार ७ सय २७ मत ल्याएकाे छ।
सो गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय मत, राप्रपाले १ सय १८ र एकीकृत समाजवादी पार्टीले ९० मत ल्याएको छ । कूल ७ हजार ५ सय ९० मत खसेकोमा ७ हजार ४ सय ८० मत सदर भएको छ भने १ सय १० मत बदर भएको छ ।
२०७९ सालको निर्वाचनमा सो गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । कांग्रेसबाट निर्वाचित उपाध्यक्षको निधनपछि भएको उप निर्वाचनमा सबै पार्टीले एकल प्रतिस्पर्धा गरेका थिय ।