सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्ष हुने 

शनिबार ९ भाद्र, २०८० विचारवाटिका 1898


प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्ष हुने 

भदौ ९, सूचना तथा प्रशारण विभागले दिने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्ष हुने भएको छ। बुधबारको सूचनामा विभागले स्थायी र स्वतन्त्र पत्रकारको अधिकारको लागि प्रेस प्रतिनिधि प्रमाणपत्रको कार्यावधि तीन वर्ष सम्म बढाएको हो । यसै अनुसार, अस्थायी प्रमाणपत्रको हकमा साविक कै व्यवस्था निरन्तर रहने विभागले बताएको छ ।

 विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्ष अवधिको लागि कायम रहने र प्रत्येक वर्ष नवीकरण हुने गरेकोमा अब उप्रान्त स्थायी र स्वतन्त्र पत्रकारको हकमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम गरिने तथा अस्थायी प्रमाणपत्रको हकमा साविक कै व्यवस्था निरन्तर रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध छ’ विभागद्वारा जारी सूचनमा उल्लेख छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु