आईतवार ७ असार, २०८३ (Sunday June 21, 2026)

 प्रदेशको नेतृत्व आजै सहमति गर्नुस् : केपी शर्मा ओली

शनिबार १६ भाद्र, २०८० विचारवाटिका 1761


 प्रदेशको नेतृत्व आजै सहमति गर्नुस् : केपी शर्मा ओली

भदौ १६ , नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेश कमिटीको नेतृत्वमा सहमति जुटाउन आफ्नो नेताहरुलाई निर्देशन दिएका छन् ।

आज बुटवलमा भएको एमाले प्रदेश अधिवेशन उदघाटन समारोमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट आज साँझसम्म टुङ्ग्याउन निर्देशन दिएका हुन् ।

 सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने उनले बताएका छन् । ‘पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली आउनुभएको छैन, विष्णु पौडेल हुनुहुन्छ, महासचिव शंकर पोखरेल काम विशेषले बाहिर जानुभएको छ, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा जस्ता नेता यही हुनुहुन्छ, प्रदेशकी इन्चार्ज केन्द्रीय सचिव पद्‍मा अर्याल पनि हुनुहुन्छ, तपाईहरु आजै साँझ बस्नुस् र नेतृत्वबारे सहमति गर्नुस’ ओलीले निर्देशन दिए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु