शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

मन्थली नगरपालिकाको एक वर्षमा अवलोकनीय प्रगति

शनिबार २० आश्विन, २०८० विचारवाटिका 1552


मन्थली नगरपालिकाको एक वर्षमा अवलोकनीय प्रगति

 

रामेछापको मन्थली नगरपालिकाले एक वर्षमा अवलोकनीय प्रगति प्राप्त गरेको छ। सार्वजनिक प्रवृत्ति र क्षमता विकासकोे नगरपालिकाले प्रगति गरेको देखिएको छ ।

नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा चालूतर्फ ६६ करोड, १८ लाख ७३ हजार ८ सय ८३ रुपैयाँ अर्थात ८४.१ प्रतिशत र प्रतिशत र पुँजीगततर्फ २६ करोड ६२ लाख ६३ हजार ७ सय १० रुपैयाँ अर्थात ७०.७६ प्रतिशत गरी जम्मा ९२ करोड ८१ लाख ३७ हजार ५ सय ९४ अर्थात ७९.७९ प्रतिशत खर्च गरेको छ ।

 गत आर्थिक बर्षमा आर्थिक बिकासतर्फ ७६.३९ प्रतिशत, सामाजिक बिकासतर्फ ८८.४७ प्रतिशत, पूर्वाधार बिकासतर्फ ६९.७६ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ५३.३३ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ८३. ३४ प्रतिशत खर्च भएको नगर प्रमुख लव श्रेष्ठले बताएका हुन् ।

 यस आर्थिक बर्षमा कुल प्रक्षेपित आम्दानीको ९०.६६ प्रतिशत राजस्व संकलन गरेको उल्लेख छ । नगरपालिकाले सो आर्थिक बर्षमा ३ करोड ७३ लाख आम्दानी गर्ने लक्ष लिएकोमा ३ करोड ३८ लाख १५ हजार ६ सय ८० रुपैयाँ राजस्व संकलन गरेको नगर प्रमुख श्रेष्ठले बताएका हुन् ।

सडक पूर्वाधार तर्फ सावाँडाँडा–पशुपति–सिक्राल–साउनेपानी सडक, देविटार–फुलासी (पोखरीडाँडा) सडक, भुत्याखोला–कठजोर सडक, ठूलीमदौ–अर्चले–डाँडागाउँ सडकहरुको चालु आवमा करिब ६ कि.मि. कालोपत्रे सम्पन्न भएको छ । 

यसै अवधिमा नगर गौरवको आयोजनाको रुपमा आ.व. २०७६/७७ मा शुरु भएको ४ सय जना भन्दा बढी सहभागी अट्ने सभा भवन, स्वीमिङ्पुल प्रशासनिक तथा क्याफ्टेरिया भवनसहितको करिब १७ रोपनीमा फैलिएको तीनलाल पार्क संघीय सरकारको ६० प्रतिशत लागत साझेदारीमा सम्पन्न भइसकेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । सो पार्क सञ्चालनका लागि आवश्यक थप पुर्वाधार निर्माण तथा व्यवस्थापन गरी यथाशिघ्र सञ्चालनमा ल्याइने नगरपालिकाको भनाई रहेको छ ।

श्रेष्ठका अनुसार आव २०७७/०७८ मा वडा नं ६ को नवुघाट लिफ्ट सिँचाई योजना सुरु भएको तीन आ.व. मा कूल ७५ लाखको लागतमा निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ भने मन्थली–चनखु–पोखरीडाँडा सडकको महादेवटार खोला तथा मन्थली–गेलु सडकको बफरखोलामा ह्यूमपाइप कल्भर्ट निर्माण गरी वर्षातको समयमा पनि सडक सुचारु हुने व्यवस्था मिलाइएको छ ।




मतहरू

Football betting

Very interesting information! Perfect just what I was looking for! My site: best football betting tips

esabong events

Excellent to the point article and news.. Well appreciated, My sites: esabong events


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु