मंगलवार ९ भाद्र, २०८३ (Tuesday August 25, 2026)

दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु: सभापति देउवा   

शनिबार ११ कार्तिक, २०८० विचारवाटिका 1921


दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु:  सभापति देउवा   

कात्तिक ११ काठमाडौँ, नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मक रुपमा लिएको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

बडादशैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आज आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले भने, ‘दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सङ्कटका बेला दल हातेमालो गर्दै अगाडि बढेको विगतका घटना स्मरण गर्दै अबका चुनौतीलाई हल गर्न पनि दल एक हुनुपर्ने बताएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु