शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

कात्तिक १७ र १८ गते भिटामिन ए खुवाइदै

बिहीबार १६ कार्तिक, २०८० विचारवाटिका 1294


कात्तिक १७ र १८ गते भिटामिन ए खुवाइदै

 कात्तिक १७ काठमाडौं,  यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।

प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको भएपनि यस वर्ष दशैं परेका कारणले पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभागले बताएको छ ।

दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने महाशाखा प्रमुख डा. विवेक कर्ण लालले बताएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु