आईतवार १५ पुष, २०८०
पुष १५ काठमाडौं , गाेठगाउँ सराेकार समाजको पाँचौं स्थापना दिवसको अवसरमा सराेकार समाज द्वारा आयाेजित खुल्ला रक्तदान कार्यक्रमका प्रमुख अतिथि ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( ब्लाेदान) का केन्द्रीय अध्यक्ष ई. सानुबाबु प्रजापतिले गाेठगाउँ सराेकार समाजले सामाजिक क्षेत्रमा धेरै राम्राे काम गर्दै आहिरहेकाे र यस कार्यलाई निरन्तरता दिहिरहन सकाेस भनि शुभकामना व्यक्त गर्नु भयाे ।


कार्यक्रमका अतिथि ब्लड डाेनर्स एसाेसिएशन नेपाल (ब्लाेदान) काठमाडौं जिल्ला शाखाका अध्यक्ष जनक कुमार खड्काले गाेठगाउँ सराेकार समाजसँग विगत दुई बर्ष अघिदेखि सहकार्य गर्दै आहिरहेकाे र आउदा दिनहरूमा पनि सराेकार समाजसग निरन्तर सहकार्य गरि अघि बढ्न ब्लाेदान तयार रहेकाे कार्यक्रममा बताउनु भयाे ।

कार्यक्रममा गाेठगाउँ सराेकार समाजको अध्यक्ष संजय कुमार थापाले प्रमुख अतिथि ब्लाेदानका केन्द्रीय अध्यक्ष प्रजापति ,सहकार्य गर्नुहुने ब्लड डाेनर्स एसाेसिएशन नेपाल
(ब्लाेदान) काठमाडौं जिल्ला शाखा,प्रविधिक सहयाेग गर्नुहुने कान्तिपुर अस्पताल रक्तसञ्चार सेवा ,स्थान उपलब्ध गराउनु हुने शंखपार्क एकाई ,मिडिया पार्टनरकाे रूपमा सहयाेग गर्नुहुने विचार वाटिका मिडिया प्रा.लि. आर्थिक सहयाेग गर्नुहुने सार्जन राई लगायत गाेठगाउँ सराेकार समाजका सल्लाहकार सदस्य ,पदाधिकारी ,सञ्चालक समिति सदस्य ,आजीवन सदस्यहरू,कार्यक्रममा उपस्थितिभै आफ्नाे अमुल्य रगत दान गर्नुहुने सम्पूर्ण रक्तदाताहरू,विभिन्न कारणले गर्दा चाहेरपनि रक्तदान गर्न नमिलेपनि कार्यक्रममा उपस्थितभै कार्यक्रमकाे साेभा बढाउनु हुने सम्पूर्ण उपस्थित महानुभावहरू लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयाेग गर्नुहुने सम्पूर्ण जनालाई धन्यवाद व्यक्त गर्दै सबैजनाकाे साथ सहयाेगले गर्दानै गाेठगाउँ सराेकार समाज आज पाँचौं वर्ष पूरा गरि छैटौं बर्षमा प्रवेश गर्न सफल भएकाेले आगामी दिनहरूमा पनि सबैको साथ सहयाेग पाएमा सामाजिक कार्यलाई निरन्तरता दिहिरहने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।


तस्बिर :- खिल बहादुर श्रेष्ठ
provera clomid and iui
As a result, regarding organic livestock production, the only way that tolazoline could be considered permissible for food producing animals under the FDA regulations and recommended for inclusion on the National List is under the provisions of the AMDUCA and 21 CFR part 530 of the FDA regulations buy clomid online legal Such as this one here