मंगलवार १ फाल्गुन, २०८०
फागुन १ रामेछाप ,रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँ- गाेठपानीका नेवार समुदायले लोप हुँदै गएकाे नेवारहरूकाे संस्कृति नेवार समुदायले गाउने भजन( भगत) लाई निरन्तरता दिदै आहिरहेकाे छ ।

गाउँका बुढापाकाले भने अनुसार आजभन्दा लगभग २०० वर्ष अघि गाउँका अलि जानेका बुझेका वैदार साहुले आफ्नै छाेरीकाे घर रामेछापकै चिसापानी बाट भगतकाे किताब लगी गाेठपानीमा पनि भगत गाउन सूरू गरेकाे हाे भन्छन् ।

अहिले पनि सुन्नमा आए अनुसार रामेछाप जिल्लामा चिसापानी र गाेठगाउँ- गाेठपानीका नेवार समुदायले मात्रै भगत काहिरहेकाे छ भन्छन् ।
भगत अथवा नेवारी भजन काेजाग्रत पूर्णिमा देखि एक महिना सम्म प्रतेक दिन बेलुका सामुहिक रूपमा तुलसाकाे थानमा जम्मा भएर गाउने गर्दछ, काक्तिक महिना गाउने भजन भएर हाेला गाेठपानीमा भगत नाम दिएर गाहिरहेकाे भजनलाई चिसापानी भने कात्तिके भजन भन्ने गर्दछ।
पहिले देखि चलिएकाे चलन अनुसार लगातार भगत गाकाे तीन चार वर्ष पछि सबैको अनुकुल्ता मिलाई माघ महिनामा भगतकाे भाेज खाने चलन छ, अरू वर्ष काेजाग्रत पूर्णिमा देखि एक महिना सम्म प्रतेकदिन भगत गाएर समापन गरिन्थाे भने भाेज खाने वर्ष एक महिना सम्म प्रतेक दिन भगत गाहिसके पछि भाेज नखाउजेल सम्म प्रतेक हप्ताकाे एकचाेटी भगत गाउने चलन छ, भगत गाउदा जहिले पनि बिजाेर अद्धाय गाउनु पर्छ भन्ने मान्यता छ।

भाेज खानेदिन बिहान नाशु: द्याै देवताकाे पुजा गरि रागाे ,बाेका, कुखुराकाे बलि दिने चलन छ,सबैजना जम्मा भएर पुजा आजा सकिएपछि समे (प्रसाद)खाने बेलुका भगत गाउने भाेलिपल्ट भाेज खाने र पर्सिपल्ट अथवा अन्तिम दिन भगत गाई भगतकाे किताब पुजा गरि काेजाग्रत पूर्णिमा सम्मकाे लागि किताब सुरक्षितका साथ थन्क्याउने गर्दछ ।
