मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

सराेकार समाज द्वारा नयाँ बर्षकाे शुभकामना आदानप्रदान तथा छैटौं वर्षको भित्तेपात्राे लाेकार्पण 

शुक्रबार ३० चैत्र, २०८० विचारवाटिका 1891


सराेकार समाज द्वारा नयाँ बर्षकाे शुभकामना आदानप्रदान तथा छैटौं वर्षको भित्तेपात्राे लाेकार्पण 

चैत ३० काठमाडौं ,गाेठगाउँ सराेकार समाजले नयाँ वर्षको पूर्व सन्ध्यामा एक कार्यक्रमकाे आयाेजना गरि शुभकामना आदानप्रदान तथा २०८१ सालकाे भित्तेपात्राे लाेकार्पण कार्यक्रम सम्पन्न गरेकाे छ।


रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँका वडा अध्यक्ष रेख बहादुर खत्रीको प्रमुख आतिथ्य सराेकार समाजको अध्यक्ष संजय कुमार थापाकाे अध्यक्षतामा तथा समाजसेवी रत्न बहादुर कार्की ,ब्लाेदान काठमाडौं जिल्ला अध्यक्ष जनक कुमार खड्का ,अधिवक्ता याम प्रसाद भट्टराई ,विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष दिल बहादुर श्रेष्ठ ,पूर्व शिक्षक बद्री प्रसाद सापकोटा ,ब्लाेदान काठमाडौं जिल्ला सदस्य सीता न्याैपाने ,समाजसेवी पदम कार्की ,ऋषिराम श्रेष्ठ लगायतको आतिथ्यमा आयाेजना गरियकाे कार्यक्रममा गाेठगाउँ सराेकार समाजको सल्लाहकार सदस्य ,सञ्चालक सदस्य तथा आजीवन सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।


कार्यक्रममा प्रमुख अतिथि रेख बहादुर खत्री ,विषेश अतिथि रत्न बहादुर कार्की ,अतिथिहरू याम प्रसाद भट्टराई ,जनक कुमार खड्का ,दिल बहादुर श्रेष्ठ ,बद्री प्रसाद सापकोटा ,पदम कार्कीले गाेठगाउँ सराेकार समाजले निरन्तर २०७६ साल देखि वर्षैपिच्छे नयाँ वर्षकाे उपलक्ष्यमा भित्ते-पात्राे प्रकाशन गर्दै आएकाेमा धन्यवाद व्यक्त गर्दै नयाँ बर्ष २०८१ सालकाे उपलक्ष्यमा गाेठगाउँ सराेकार समाज परिवार लगायत सम्पूर्ण देश बिदेशमा रहनु हुने गाेठगाउँ- गाेठपानी बासीलाई शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
संस्थाका सचिव तथा कार्यक्रम सञ्चालक मीन बहादुर श्रेष्ठ (बिष्णु) ले २०७५ साल पुस ९ गते जिल्ला प्रशासन कार्यालय रामेछापमा दर्ताभै निरन्तर सामाजिक काम गर्दै आहिरहेकाे गाेठगाउँ सराेकार समाजले २०७६ साल देखि प्रत्तेक वर्ष भित्ते पात्राे प्रकाशन गरि गाेठगाउँ - गाेठपानीकाे घर घरमा पुर्‍याउदै आहिरहेकाे जानकारी गराउदै यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयाेग गर्नुहुने सम्पूर्ण जनालाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु