बिहीबार १० जेष्ठ, २०८१
जेठ १० काठमाडौं , शान्तिकाे अग्रदुतकाे रूपमा विश्वभर चिरपरिचित सिद्वार्थ गाैतमकाे २५६८ औं जयन्तीको उपलक्ष्यमा बुद्वकाे पूूजा आरधना गरि बाैद्व धर्मावलम्बी हरूले आज बुद्ध जयन्ती मनाउने गर्दछ ।
बैशाख शुक्ल पूर्णिमाकाे दिन प्रत्येक वर्ष सिद्वर्थ गाैतमले विश्व शान्ति स्थापनाकाे लागि पुर्याएकाे याेगदानकाे स्मरण स्वरूप बुद्व जयन्ती मनाउने गर्दछ।

बुद्वकाे जन्म ,ज्ञान प्राप्ति र मृत्य बैशाख शुक्ल पूर्णिमाकै तिथिमा भएकाेले यस दिन नेपाल लगायत विश्वका बाैद्व धर्मावलम्बीहरूले बुद्व प्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्व जयन्ती मनाउने गर्दछ, आजकाे दिन काठमाडौंकाे बाैद्व ,स्वयम्भू लगायत सबै बाैद्व विहारहरूमा बाैद्व धर्मावलम्बीहरूकाे भिडभाड हुने गर्छ।