मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

राष्ट्रपतिकाे कार्यालय द्वारा संविधानकाे धारा ७६ काे उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आव्हान ।

शुक्रबार २९ असार, २०८१ विचारवाटिका 1515


राष्ट्रपतिकाे कार्यालय द्वारा संविधानकाे  धारा ७६ काे उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आव्हान ।

असार २८ काठमाडौं , राष्ट्रपति रामचन्द्र पाैडेलले संविधानकाे धारा ७६ काे उपधारा २ अनुसार नयाँ सरकार गठनकाे लागि दलहरूलाई आव्हान गर्नुभएको  छ ।
 राष्ट्रपतिले  ३० गते आईतवार अपरान्ह पाँच बजे सम्म दुई वा दुई भन्दा धेरै दलहरू मिली बहुमत जुटाएर नयाँ सरकार गठनकाे लागि आव्हान गर्नुभएको हाे ।
राष्ट्रपतिको कार्यालय बाट संविधानकाे धारा ७६ काे उपधारा २ अनुसार नयाँ सरकार गठन गर्न विज्ञप्ति जारी भए लगत्तै नेपाली काँग्रेस र नेकपा एमालेले पूर्व सहमति अनुसार आज रातिनै राष्ट्रपति समक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीकाे प्रस्ताव गरि बहुमत संसदकाे हस्ताक्षर राष्ट्रपति समक्ष पेस गर्ने भएकाे छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु