मंगलवार २९ पुष, २०८२ (Tuesday January 13, 2026)

भण्डारी सेवा समाज रामेछापको प्रथम सम्मेलन बाट हेम बहादुर भण्डारीकाे अध्यक्षतामा ३८ सदस्यीय कार्यसमिति चयन।

आईतवार २० श्रावण, २०८१ डिबि श्रेष्ठ 1814


भण्डारी सेवा समाज रामेछापको प्रथम  सम्मेलन बाट हेम बहादुर भण्डारीकाे अध्यक्षतामा ३८ सदस्यीय कार्यसमिति  चयन।

श्रावण २० काठमाडौं , भण्डारी सेवा समाज नेपाल ( रघुबंशी काैशिक गाेत्रीय ) रामेछाप जिल्लाकाे प्रथम सम्मेलन बाट हेम बहादुर भण्डारी ( रमेश ) काे अध्यक्षतामा ३८ सदस्यीय कार्यसमिति सर्व सहमत चयन गरि सम्पन्न भएकाे छ ।
 भण्डारी सेवा समाज बागमती प्रदेश समिति उपाध्यक्ष गणेश भण्डारीकाे अध्यक्षता तथा सेवा समाजकाे केन्द्रीय अध्यक्ष वीर बहादुर भण्डारीकाे प्रमुख आतिथ्यतामा आयाेजना भएकाे रामेछापकाे प्रथम सम्मेलनमा सेवा समाजका प्रमुख संरक्षक जीवन कुमार भण्डारी ,संरक्षक निवर्तमान अध्यक्ष केशरबहादुर भण्डारी ( अर्जुन) बरिस्ठ उपाध्यक्ष राम कुमार भण्डारी ,उपाध्यक्ष तथा बागमती र तराई मधेस प्रदेश इन्चार्ज कुमार भण्डारी ,महासचिव राधाकृष्ण भण्डारी , उपमहासचिव बद्रि कुमार भण्डारी ,सचिव राेज कुमार भण्डारी ,निवर्तमान महासचिव माधब भण्डारी ,बरिस्ठ सदस्यहरू थिर बहादुर भण्डारी , कृष्ण भण्डारी , रामकाजी भण्डारी , केन्द्रीय सदस्यहरू सहदेव भण्डारी ,राम भण्डारी (निरेश) नरबहादुर भण्डारी , रविन भण्डारी ,डम्बर भण्डारी ,टिकाध्वज भण्डारी , बिमला भण्डारी , ओमजङ भण्डारी ,रमेश काजी भण्डारी , बागमती प्रदेश समिति अध्यक्ष दिलिप भण्डारी ,तराई मधेस प्रदेश अध्यक्ष विक्रम भण्डारी , बिशिस्ट अतिथि ,तथा अतिथिहरू सम्मेलनमा उपस्थित रहेकाे भण्डारी सेवा समाज नेपालकाे केन्द्रीय उपमहासचिव बद्री कुमार भण्डारीले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।


 सम्मेलनमा रामेछाप जिल्लाकाे पिङखुरी , भदाैरे , सिमपानी , बेथान , मझुवा ,बेशिटाेल , गाेगने ,भुत्तेखाेला ,रस्नालु ,गाेठगाउँ , बेताली ,सैैपु , दुरागाउँ प्रीति ,मन्थली बाट भण्डारी बन्धुहरूकाे उपस्थिति रहेकाे र सम्मेलनमा ७० वर्ष उमेर पुगेकाे ४० जना रघुबंसी काैशिक गाेत्रीय भण्डारी  बृद्वबृद्वाहरूलाई सम्मान सम्मेत गरेकाे उपमहासचिव भण्डारीले जानकारी गराउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु