सोमबार ५ फाल्गुन, २०८१ (Monday February 17, 2025)

फाष्टफुड एसाेसिएशन नेपालकाे केन्द्रीय अधिवेशन बाट सर्व सहमत नेतृत्व निर्वाचित ।

बुधबार २ माघ, २०८१ डि बि श्रेष्ठ 1226


फाष्टफुड एसाेसिएशन नेपालकाे केन्द्रीय अधिवेशन बाट सर्व सहमत नेतृत्व निर्वाचित ।

माघ २ काठमाडौं , फाष्टफुड एसाेसिएशन नेपालकाे ८औं अधिवेशन तथा २० औं साधारणसभा बाट सर्व सहमत नेतृत्व निर्वाचित भएकाे छ ।


  संस्थाका अध्यक्ष राज कुमार श्रेष्ठ ( राजु) काे अध्यक्षता ,महासचिव प्रेम बहादुर श्रेष्ठ , गायिका तथा सञ्चालिका शाेभा त्रिपाठीकाे सञ्चालन  तथा काठमाडौं महानगरपालिकाकाे उप प्रमुख सुनिता डंगोलकाे प्रमुख आतिथ्यतामा आयाेजना गरिएकाे आठौं अधिवेशन बाट अध्यक्ष हाेमराज श्रेष्ठ ,उपाध्यक्ष रामकाजी भण्डारी ,नवीन श्रेष्ठ , महासचिव राकेश श्रेष्ठ , सचिव भिम  आरण ,कुमार भण्डारी ,काेषाध्यक्ष टेक बहादुर श्रेष्ठ , सदस्यहरूमा प्रमाेद भण्डारी ( रविन्द्र), गाेपाल श्रेष्ठ ,लक्ष्मी श्रेष्ठ ,शुभाष श्रेष्ठ ,महेन्द्र श्रेष्ठ ,र तुलसी श्रेष्ठ सर्व सहमत निर्वाचित भएकाे नव निर्वाचित महासचिव राकेश श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

 


  हाेटल एवान भेन्यु काेटेश्वरमा आयाेजना गरिएकाे आठौं अधिवेशन तथा २० औं साधारणसभा कार्यक्रममा संस्थाकाे स्मारिका " फास्ट फ्यान शन्देश विमाेचन, संस्थाकाे भवन निर्माणमा सहयाेग गर्नुहुने सहयाेगदाताहरूकाे शिलालेख अनावरण संस्थाकाे बिगत देखि वर्तमान सम्मकाे गतिविधि समेटिएको श्रव्य दृश्य डकुमेन्ट्रीकाे बिमाेचन गर्नुुकाे साथै कार्यक्रममा उपस्थित विभिन्न प्रतिष्ठित व्यक्तित्वहरू संस्थालाई माया गर्नुहुने श्रष्ठाहरूलाई संस्थाकाे तर्फबाट सम्मान समेत गरेकाे श्रेष्ठले जानकारी गराउनु भयाे ।

         तस्बिर  सामाजिक सञ्जाल बाट,




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु