सोमबार ५ फाल्गुन, २०८१ (Monday February 17, 2025)

सम्पर्क समन्वय कमिटीको मुल्यांकनमा रामेछाप - काठमाडौं सम्पर्क मञ्च प्रथम हुन सफल ।

शनिबार ५ आश्विन, २०८१ डिवि श्रेष्ठ 1862


सम्पर्क समन्वय कमिटीको मुल्यांकनमा रामेछाप - काठमाडौं सम्पर्क मञ्च प्रथम हुन सफल ।

असाेज ५ काठमाडौं ,नेकपा ( एमाले) सम्पर्क समन्वय कमिटीको मुल्यांकनमा राष्ट्रिय स्तरमा देशभरिकाे ७४ वटा जिल्ला मध्य  बाट रामेछाप - काठमाडौं सम्पर्क मञ्च प्रथम हुन सफल भएकाे छ।

 


सम्पर्क समन्वयले आज एक भव्य कार्यक्रमकाे आयाेजना गरी २०७८ साल देखि २०८० साल सम्मकाे ७४ वटै जिल्ला सम्पर्क मञ्चहरूले गरेकाे राजनीतिक ,सांगठनिक ,वैचारिक एवम् रचनात्मक कामकाे आधारमा मुल्यांकन गर्दा रामेछाप - काठमाडौं सम्पर्क मञ्च सगै  गुल्मी - काठमाडौं सम्पर्क मञ्च द्वितीय र ओखलढुंगा - काठमाडौं सम्पर्क मञ्च तृतीय भएकाे थियाे भने प्रदेश सम्पर्क कमिटीहरूमा बागमती प्रदेश सम्पर्क कमिटी प्रथम, लुम्बिनी प्रदेश सम्पर्क कमिटी द्वितीय र काेशी प्रदेश सम्पर्क कमिटी तृतीय भएकाे थियाे ।


 सम्पर्क समन्वयले गरेकाे प्रदेश स्तरीय मुल्यांकनमा गण्डकी प्रेदश बाट ,कास्की - काठमाडौं सम्पर्क मञ्च प्रथम, लम्जुङ्ग - काठमाडौं सम्पर्क मञ्च द्वितीय र तनहुँ - काठमाडौं सम्पर्क मञ्च तृतीय भएकाे थियाे ।
लुम्बिनी प्रदेश बाट पाल्पा -काठमाडौं सम्पर्क मञ्च प्रथम,अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्च द्वितीय र प्यूठान - काठमाडौं सम्पर्क मञ्च तृतीय भएकाे थियाे। 
कर्णाली प्रदेश बाट जाजरकोट - काठमाडौं सम्पर्क मञ्च प्रथम , मुगु - काठमाडौं सम्पर्क मञ्च द्वितीय र सल्यान - काठमाडौं सम्पर्क मञ्च तृतीय भएकाे थियाे ।
सुदुरपश्चिचिम प्रदेश बाट आछाम - काठमाडौं सम्पर्क मञ्च प्रथम , बझाङ - काठमाडौं सम्पर्क मञ्च द्वितीय र दार्चुला - काठमाडौं सम्पर्क मञ्च तृतीय भएकाे थियाे ।
काेशी प्रदेश बाट भाेजपूर- काठमाडौं सम्पर्क मञ्च प्रथम , खाेटाङ्ग - काठमाडौं सम्पर्क मञ्च द्वितीय र तेह्रथुम - काठमाडौं सम्पर्क मञ्च तृतीय भएकाे थियाे ।
मधेस प्रदेश बाट सिराहा - काठमाडौं सम्पर्क मञ्च  प्रथम , सर्लाही - काठमाडौं सम्पर्क मञ्च द्वितीय र धनुषा - काठमाडौं सम्पर्क मञ्च तृतीय भएकाे थियाे र बागमती प्रदेश बाट सिन्धुली - काठमाडौं सम्पर्क मञ्च प्रथम , नुवाकोट - काठमाडौं सम्पर्क मञ्च द्वितीय र धादिङ - काठमाडौं  सम्पर्क मञ्च तृतीय हुन सफल भएकाे थियाे ।

 


सम्पर्क समन्वय कमिटीको संयाेजक श्याम कुमार बस्नेतको अध्यक्षतामा तथा नेकपा ( एमाले) काे उपाध्यक्ष युवराज ज्ञवालीकाे प्रमुख आतिथ्यतामा आयाेजना गरिएकाे बडा दशै ,शुभ तिहार ,नेपाल संवत् लगायतको राष्ट्रिय पर्वहरूकाे शुभकामना आधानप्रधान,सम्मान एवम् मुल्यांकन घाेषणा कार्यक्रममा उत्कृष्ट  हुन सफल प्रदेश ,जिल्ला सगै बिगतमा सम्पर्क समन्वय कमिटीमा रहेर विभिन्न माध्यम बाट सहयाेग पुर्याउनुुहुने व्यक्तिहरू लाई सम्मान समेत गरेकाे थियाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु