शनिबार २० भाद्र, २०८३ (Saturday September 05, 2026)

बसन्तपूरमा एक हजार कलाकारले गरे संयुक्त धिमे बादन र नृत्य प्रस्तुति ।

आईतवार ४ कार्तिक, २०८१ Bichar Batika 1249


बसन्तपूरमा एक हजार कलाकारले गरे संयुक्त धिमे बादन र नृत्य प्रस्तुति ।

कार्तिक ४ काठमाडौं , काठमाडौंकाे बसन्तपूरमा एक हजार कलाकारले संयुक्त धिमे बादन र नृत्य प्रस्तुति दिएकाे छ ।
 विश्व पर्यटन दिवस २०८१ काे अवसरमा साँस्कृतिक क्रियाकलाप मार्फत पर्यटन प्रवर्द्धनकाे उद्देश्य राखि काठमाडौं महानगरपालिकाकाे सहकार्यमा काठमाडौं दरवार स्क्वायर पर्यटन प्रवर्द्धन संघले आयाेजना गरेकाे कार्यक्रममा ३५० जना बाद्य कलाकारहरूले माजुदेगकाे सिँठीबाट धिमे बादन प्रस्तुत गरेकाे थियाे।


  बादनमा मा धिमे ( ठूलाे धिमे) र धुन्याबाट कार्यक्रम सुरू भएकाे थियाे , त्यसपछि चिगाे ( सानाे धिमे) धाै मुस्या पाेङ्गालगायत माैलिक बाजागाजाका बाेलमा ६५० जना नृत्य कलाकारहरूले गद्दी बैठक अगाडि र शिवपार्वती डबलीमा नृत्य गरेकाे थियाे , धिमे बादन र नृत्यकाे निर्देशन सुदनमान मुनिकारले गर्नुभएको थियाे ।
  धिमे बादन तथा नृत्य प्रस्तुतिमा ६ वर्ष देखि ६५ वर्ष सम्मकाे कलाकारहरू काठमाडौं उपत्यका  लगायत उपत्यका बाहिर धरानदेखि आएर सहभागी भएकाे निर्देशक मुनिकारले जानकारी गराउनु भयाे ।
 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु