शनिबार ५ माघ, २०८१ (Saturday January 18, 2025)

उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने एमालेको निष्कर्ष ।

मंगलवार १३ कार्तिक, २०८१ Bichar Batika 1314


उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने एमालेको निष्कर्ष  ।

कार्तिक १३ उदयपुर , नेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेकाे देशकै सबैभन्दा ठूलाे सिमेन्ट उद्योग  सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष निकालेको छ ।
  उदयपुर प्रतिनिधि सभा क्षेत्र नं. २ का सांसद अम्बर बहादुर रायमाझीकाे पहलमा भएकाे सिमेन्ट उद्योगका उच्च अधिकारी र नेकपा एमाले उदयपुरको नेतृत्व विच भएकाे छलफलमा उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष निकाल्दै उद्योगलाई कसरी बचाउने र आगामी दिनमा पनि निजीकरण हुनबाट कसरी जाेगाउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भएकाे एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी गराउनु भयाे ।
 छलफलमा उदयपुर सिमेन्ट उद्योग आर्थिक रूपमा जर्जर अवस्थामा पुगेको  र सिमेन्ट उद्योगले करिव २ अर्व तिर्नु पर्ने दायित्व बाेकेर हिडिरहेकाे जानकारी दिदै  उद्योगका निमित्त महाप्रबन्धक महेश प्रसाद साहले सामान्य खर्च पनि गर्न नसक्ने अवस्थामा उद्योग चलिरहेकाेले उद्योग निजीकरण हुनबाट जाेगाउन सबैले गम्भीर भएर उद्योगलाई बचाउन जरुरी रहेकाे बताउनु भयाे ।
  सिमेन्ट उद्योगले २०८१ साउन ६ गते सम्मकाे तिर्न बाकी दायित्वमा कर्मचारीहरूकाे तलब र नागरिक लगानी काेषकाे १२ कराेड ७१ लाख , अवकाशप्राप्त कर्मचारीहरूकाे ३२ कराेड ४७ लाख ,कर दायित्व १६ लाख बैंक ऋण २ कराेड ६४ लाख र काेइला तथा अन्य सामान सप्लायर्स दायित्व ६१ कराेड ३१ लाख रहेकाे छलफलमा निमित्त महाप्रबन्धक साहाले जानकारी गराउनु भयाे ।


  उद्योगका वरिष्ठ अधिकृत ( सहायक नायव महाप्रबन्धक ) काेविद काफ्लेका अनुसार अन्य दायित्वका कुरा छाेडेर तत्काल उद्योग संचालनका लागि ५५ कराेड आवश्यक भएको र सरकारले याे उद्योग संचालन गर्न निजीकरणको बाटाेमा नगई लिजमा दिएर संचालनकाे बाटाे राेज्नु उपयुक्त हुने छलफलमा बताउनुभयो ।
  नेकपा (एमाले ) का पाेलिटव्यूराे सदस्य तथा संविधानसभा सदस्य मन्जु कुमारी चाैधरीले सिमेन्ट उद्योग उदयपुरको गाैरव र गहनाकाे रूपमा रहेकाेले यसलाई  निजीकरण हुनबाट बचाएर संचालन गर्न कसरी सहज हुन्छ मन्त्री स्तरीय छलफल गरेर अघि बढ्नु पर्ने र कर्मचारी तथा मजदुरहरूले पनि याे मेराे उद्योगकाे मात्र नभएर जीविकोपार्जन गरिरहेकाे राेजगारदाता भएकाेले मैले इमानदार भएर काम गरेमा उद्योगको उन्नति प्रगति हुन्छ र मेराे भविष्य पनि यसले बनाउछ भन्ने साेच राखेर काम गर्नु पर्ने धारणा छलफलमा राख्नु भयाे ।
  साेमबारकाे छलफलमा उद्योगकाे तर्फबाट निमित्त महाप्रबन्धक महेश प्रसाद साह, सहायक नायब महाप्रबन्धक काेविद काफ्ले , वरिष्ठ इन्जिनियर हरि अधिकारी ,गंभिरजंग खत्री , नेकपा ( एमाले ) काे तर्फबाट पाेलिटव्यूराे सदस्य मन्जु कुमारी चाैधरी , केन्द्रीय सदस्य  अम्बिका थापा ,काेशी प्रदेश कमिटी सचिवालय सदस्य इश्वरमणी राउत ,उदयपुर २ का प्रतिनिधिसभा सदस्य अम्बर बहादुर रायमाझी ,काेशी प्रदेश सभा सदस्य गीता रेग्मी ,उदयपुर सचिव टेक बहादुर राउत ,उपसचिव द्वय गंगा राई ,हेम खड्का लगायतका व्यक्तिहरू सहभागी भएकाे थियाे ।
  




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु