मंगलवार २० आश्विन, २०८३ (Tuesday October 06, 2026)

चिनियाँ उच्च नेतृत्व र प्रधानमन्त्री ओली बिच आज उच्चस्तरीय भेटवार्ता हुँदै ।

मंगलवार १८ मंसिर, २०८१ Bichar Batika 1618


चिनियाँ उच्च नेतृत्व र प्रधानमन्त्री ओली बिच  आज उच्चस्तरीय भेटवार्ता  हुँदै ।

 

मंसिर १८ काठमाडौं , चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकाँग्रेसका स्थायी समिति अध्यक्ष  झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। साथै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आजै शिष्टाचार भेटवार्ता गर्नेछन्।

चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ सहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ, प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबिच आज नै द्विपक्षीय वार्ता हुनेछ, त्यसपछि दुई देशबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनएकाे छ।

प्रधानमन्त्री ओलीले  बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने  समेत परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु