मंगलवार ३ चैत्र, २०८२ (Tuesday March 17, 2026)

सराेकार समाजकाे स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना गर्दै ।

बिहीबार १८ पुष, २०८१ डि बि श्रेष्ठ 1899


सराेकार समाजकाे स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना गर्दै ।

पूष १८ काठमाडौं , गाेठगाउँ सराेकार समाजको छैटौं स्थापना दिवसको अवसरमा ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( ब्लाेदान) पूर्वी भेगीय क्षेत्र काेटेश्वरकाे सहकार्यमा गाेठगाउँ सराेकार समाजले यहि पूष २० गते शनिवार बालाजु वाईसधारा उद्यान पार्कभित्र खुल्ला रक्तदान कार्यक्रमकाे आयाेजना गर्न गहिरहेकाे छ ।


गाेठगाउँ सराेकार समाज ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( ब्लाेदान ) सग आबद्ध भएपछि वर्षकाे दुईचाेटी सराेकार समाजकाे स्थापना दिवसको अवसर पारी पूूष महिनामा र विश्व रक्तदाता दिवसको अवसर पारी असार महिनामा नियमित रक्तदान कार्यक्रम गर्दै आहिरहेकाे छ, याे भन्दा पहिले ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( ब्लाेदान) काठमाडौं जिल्ला शाखाकाे सहकार्यमा रक्तदान  कार्यक्रम गर्दै आहिरहेकाे भएतापनि याे चाेटीदेेखि ब्लाेदान पूर्वी भेेगीय क्षेत्र  काेेटेश्वरकाे सहकार्यमा रक्तदान कार्यक्रम गर्न गहिरहेकाे रक्तदान कार्यक्रमका संयाेजक तथा गाेठगाउँ सराेकार समाजको सल्लाहकार खिल बहादुर श्रेष्ठले जानकारी गराउनु भयाे ।


गाेठगाउँ सराेकार समाजले बिगत लामाे समयदेखि ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( ब्लाेदान ) काठमाडौं जिल्लाकाे सहकार्यमा रक्तदान कार्यक्रम सगै ब्लडकाे आवस्यकता परेकाे बिरामीहरू लाई ब्लड उपलब्ध गराउन सहजीकरण समेत गर्दै आहिरहेकाे श्रेष्ठले जानकारी गराउनु भयाे ।


 हाम्राे अभियान - सभ्य, समृद्ध र पाैरखी समाजकाे निर्माण भन्ने मुल नाराकाे साथ रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँ- गाेठपानीलाई कार्य क्षेत्र बनाएर लामाे समयदेखि विभिन्न सामाजिक काम गर्दै आहिरहेकाे गाेठगाउँ सराेकार समाजले ब्लड व्यवस्थापनमा भने रामेछाप लगायत अन्ने जिल्लाका बिरामीहरू लाई समेत सहजीकरण गर्दै आहिरहेकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु