सोमबार ५ फाल्गुन, २०८१ (Monday February 17, 2025)

लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्च अन्तर्गत दुई वडा सम्पर्क मञ्चको सम्मेलन सम्पन्न ।

शनिबार २७ पुष, २०८१ डि बि श्रेष्ठ , 1323


लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्च अन्तर्गत दुई वडा सम्पर्क मञ्चको सम्मेलन सम्पन्न ।

पूष २७ काठमाडौं , नेकपा ( एमाले) लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्च अन्तर्गत वडा नं. ३ काङ्वा - काठमाडौं सम्पर्क मञ्च र वडा नं. ४ बिजुलीकाेट - काठमाडौं सम्पर्क मञ्चको संयुक्त  दास्राे वडा सम्मेलन सम्पन्न भएकाे छ।


  लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चकाे काेषाध्यक्ष बिमाेचन बस्नेतकाे अध्यक्षता ,सुवास कार्कीको सञ्चालन , पूर्व बागमती प्रदेश कमिटी सदस्य कमल कडरिया प्रमुख वक्ता तथा रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) प्रमुख अतिथि रहेकाे रहेकाे  वडा सम्पर्क मञ्चको दाेस्राे सम्मेलनमा पूर्व बागमती प्रदेश कमिटी सदस्य उद्वब कडरिया, लिखु तामाकोसी गा.पा.का अध्यक्ष केवि पाैडेल, उपसचिव विनाेद खड्का , राष्ट्रिय युवा संघ नेपाल रामेछाप जिल्ला कमिटी सदस्य भिम राउत, राष्ट्रिय युवा संघ लिखु तामाकोसी पालिका कमिटी अध्यक्ष तथा लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चको निवर्तमान संयाेजक दिप पाख्रीन, लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन तामाङले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।


  दाेस्राे वडा सम्मेलन बाट वडा नं. ३ काङ्बा- काठमाडौं सम्पर्क मञ्चको अध्यक्षतामा सुवास कार्की लगायत नाैं सदस्य र वडा नं. ४ बिजुलीकाेट - काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा कृष्ण बहादुर बस्नेत लगायत नाैं सदस्यीय वडा सम्पर्क मञ्च  सर्व सहमत निर्वाचित भएकाे अध्यक्ष मण्डलकाे अध्यक्ष तथा लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन तामाङले जानकारी गराउनु भयाे ।


  नव निर्वाचित पदाधिकारी तथा सदस्यहरू लाई रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) ले पद तथा गाेपनियताकाे शपथ ग्रहण गराउनुकाे साथै लिखु तामाकोसी पालिका कमिटी अध्यक्ष केवि पाैडेलले प्रमाण- पत्र हस्तान्तरण गर्दै बधाई तथा शुभकामना दिनु भएकाे थियाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु