बुधबार २६ चैत्र, २०८१
चैत २७ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च अन्तर्गतकाे लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चले तीन महिने नप:शुल्क ब्रिज काेष तथा कम्प्युटर तालिमकाे शूरूवात गरिएकाे छ ।
लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन तामाङको अध्यक्षता सचिव राजु अधिकारीकाे सञ्चालन , नेकपा ( एमाले ) केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज सरस्वती बस्नेतको प्रमुख आतिथ्यता तथा सम्पर्क समन्वय कमिटी संयाेजक श्याम कुमार बस्नेत , बागमती प्रदेश कमिटी अध्यक्ष अशाेक कुमार ठकुरी लगायत सदस्यहरू ,रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) लगायत सम्पर्क मञ्चको पदाधिकारी तथा सदस्यहरू ,मन्थली नगर- काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष अरूण प्रसाद अधिकारी लगायतको आतिथ्यतामा निकाेला इन्टरनेशनल एकेडेमी चावाहिलमा एक भव्य कार्यक्रमकाे आयाेजना गरि विधिगत रूपमा उद्घाटन समारोह कार्यक्रम गरि तालिमको शुरूवात गरिएकाे छ ।
निकाेला एकेडेमीको सञ्चालक समेत रहेका अध्यक्ष तामाङले तीन महिने नि:शुल्क तालिम कक्षामा लिखु तामाकोसी गाउँपालिकाे ७ वडासम्पर्क मञ्चको सिफारिस बाट २/२ जनाकाे दरले १४ जना, अन्य सात नगर तथा गाउँपालिका सम्पर्क मञ्चको सिफारिस बाट ३/३ जनाकाे दरले २१ जना र दुई क्षेत्रीय सम्पर्क मञ्चको सिफारिस बाट २/२ जनाकाे दरले ४जना गरि जम्मा ३९ जनाकाे काेटा छुट्टयाइएको र ३९ जना बिद्यार्थीहरूले आफुले चाहेको समय बिहान, दिउसाे र बेलुका समेत सिक्न सक्ने व्यवस्था गरिएकाे जानकारी गाराउनु हुँदै केही पालिका सम्पर्क मञ्चबाट अझै विद्यार्थीको नाम आउन बाकी रहेकाेले छिटै नाम सिफारिस गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सरस्वती बस्नेत , अतिथिहरू श्याम कुमार बस्नेत , अशाेक कुमार ठकुरी ,र प्रमाेद भण्डारी ( रविन्द्र) ले लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजना गर्न गहिरहेकाे तीन महिने नि:शुल्क ब्रित काेष तथा कम्प्युटर तालिम कार्यक्रमकाे सफलताको शुभकामना दिनुभएकाे थियाे ।