आईतवार ७ भाद्र, २०८३ (Sunday August 23, 2026)

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादव द्वारा अपिल।

बिहीबार ४ बैशाख, २०८२ Bichar Batika 1708


वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादव द्वारा अपिल।

 वैशाख ४ विरगञ्ज , जनता समाजवादी पार्टी  (जसपा) का उपमहासचिव एवम्  खानेपानीमन्त्री  प्रदीप यादवले वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न आम नागरिकमा अपिल गर्नु भएको छ ।
पछिल्लो केही दिन यतादेखि वीरगञ्जमा दुई समुदायबीच द्धन्द्ध भइरेकाले मन्त्री यादवले  सामाजिक सञ्जालमार्फत शान्ति र सद्भाव कायम राख्न सबै समुदाय एवम् नागरिकहरुमा अपिल गर्नु भएको हो ।
ऐतिहासिक क्रान्तिको शहर वीरगञ्जको मौलिक पहिचान धार्मिक स्थलहरू, विशिष्ट तरिकाले मनाइने पर्व–यात्राहरू र सामाजिक साँस्कृतिक पर्वहरू सामुहिक रूपमा मनाउने भएको र नेपालको संविधानले प्रत्येक नागरिकलाई आ-आफ्नो धार्मिक–सांस्कृतिक आस्थाको स्वतन्त्रता दिएको मन्त्री यादवले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नु भएको छ ।
यसैगरी मन्त्री यादवले वीरगञ्ज क्षेत्रमा एक अर्का समुदायको पर्व–यात्रामा मिलिजुली मनाउने, सहयोग तथा सद्भाव राख्ने गौरवशाली परम्परा रहि आएको तथा यहाँका बासिन्दाहरूको सुझबुझ र समझदारीले गर्दा देखा पर्ने पारस्परिक तनाव वा असमझदारी लाई आपसी संवादको माध्यम बाट समाधान गर्ने गरिएको विगत रहेको बताउनुभएको छ ।
वीरगञ्ज सबैको साझा फुलवारी भएको र यहाँ शान्ति, सद्भाव एवम् मेल–मिलाप कायम राख्नु सबैको साझा जिम्मेदारी भएको बताउनुभयो ।
हाल केही दिनदेखि वीरगञ्जमा शांति सद्भावमा खलल पुर्‍याउने, उत्तेजना फैलाउने अभिव्यक्ति दिने, सार्वजनिक वा निजी सम्पत्ति माथि तोड़फोड़ गर्ने, आगो लगाउने, वा अभद्रता गर्ने जो कोहीलाई  दण्डित गर्न स्थानीय प्रशासनले कानून बमोजिम काम गरिरहनु पर्ने एवम् आफ्नो प्यारो शहरमा तनाव टुसाएको समयदेखि नै आफु व्यक्तिगत रूपमा पर्सा जिल्लाका प्रशासन र प्रहरीको निरन्तर सम्पर्कमा रहेको जानकारी दिनु भएको छ ।
“विभिन्न समुदायका अगुवाहरूसँग समन्वय र सल्लाह गरि शान्ति स्थापित गर्ने प्रयासमा छु । वीरगञ्ज क्षेत्रका सबै नागरिकहरूसँग सामाजिक सद्भाव र शान्ति कायम राख्न विनम्र अपील गर्दछु । स्थानीय प्रशासनले दोषीको पहिचान गरि कानूनी कार्रवाई अगाड़ी बढाउनु पर्छ । शान्ति र सद्भावका लागि गरिने प्रयत्न हो हल्ला र प्रचारबाजी भन्दा  नेपथ्यबाट गम्भीर प्रयास गरिनु पर्छ भन्ने मेरो मान्यता हो । म नगरवासी लाई विश्वास दिलाउन चाहन्छु, हामी सबैको प्रयासले वीरगञ्ज आफ्नो पुरानै लयमा अवश्य नै फर्किन्छ ।” सामाजिक सञ्जालमार्फत उहाँले अपील गर्नु भएको छ ।

 




मतहरू

vadivfel

Het WiFi-signaal op mijn kantoor was veel te zwak, steeds verbroken. Ik heb een repeater geplaatst en nu heb ik overal goed bereik. Na al dat technische werk wilde ik even niets meer en heb ik naar basketbal gekeken. Een klein risico hoort erbij, dus heb ik op amonbet review een weddenschap geplaatst.


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु