शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

क्यान्सर पिडित श्रेष्ठलाई गाेठगाउँ सराेकार समाज द्वारा १ लाख ५५ हजार आर्थिक सहयाेग ।

आईतवार २० माघ, २०८१ डि.बि. श्रेष्ठ 1970


क्यान्सर पिडित श्रेष्ठलाई गाेठगाउँ सराेकार समाज द्वारा १ लाख ५५ हजार आर्थिक सहयाेग ।

माघ २०  काठमाडौं , गाेठगाउँ सराेकार समाजकाे पहलमा देश बिदेश बाट संकलित एक मुष्ट १ लाख ५५ हजार ४ सय चालीस रूपैयाँ आर्थिक सहयाेग गाेठगाउँ सराेकार समाजका अध्यक्ष संजय कुमार थापाले रामेछाप नगरपालिका वडा नं. १ गाेठगाउँ - गाेठपानी निवासी क्यान्सर पिडित पार्वती श्रेष्ठलाई हस्तान्तरण गर्नु भएकाे छ ।


   श्रेष्ठका श्रीमान माेहन कुमार श्रेष्ठको अनुराेधलाई आत्मसात गर्दै गाेठगाउँ सराेकार समाजले बिगत एक महिना अघि देखि सुरू  गरेकाे आर्थिक सहयाेग अभियानमा गाउँ शहर देखि विभिन्न देशमा रहनु भएका रामेछाप लगायत अन्न केहि  जिल्लाका  ८९ जना सहयाेग दाताहरू बाट संकलित आर्थिक सहयाेग रकम अध्यक्ष थापाले संस्थाका उपाध्यक्ष देब कुमारी श्रेष्ठ , सचिव मीन बहादुर श्रेष्ठ , सहसचिव कुमार श्रेष्ठ , सञ्चालक समिति सदस्य केशर बहादुर कार्की लगायत आजीवन तथा सल्लाहकार सदस्यहरू गाेठगाउँ सराेकार समाजका शुभचिन्तकहरूकाे उपस्थितिमा सहयाेग रकम हस्तान्तरण गर्नु भएकाे थियाे ।

 


  साेहि अवसरमा नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चको तर्फबाट संकलित थप आर्थिक सहयाेग रकम रू १९ हजार ५ सय पैसठी सम्पर्क मञ्चको सचिवालय सदस्य सरिता श्रेष्ठले समेत क्यान्सर पिडित पार्वती श्रेष्ठलाई हस्तान्तरण गर्नु भएकाे थियाे ।


 पिडित श्रेष्ठका श्रीमान माेेहन कुमार श्रेष्ठले  आफ्नाे श्रीमतीकाे उपचारको लागि आर्थिक सहयाेग जुटाईदिनु हुने गाेठगाउँ सराेकार समाज र देश बिदेश बाट सहयाेग गर्नुहुने सम्पूर्ण सहयाेग दाताहरूलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।            तस्वीर :- खिल बहादुर श्रेष्ठ ,

                सहयाेग दाताहरू 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु