शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

सृजनशिल समाज द्वारा आयाेजीत बृहत खुल्ला रक्तदान कार्यक्रम सफलता पुर्बक सम्पन्न ।

शनिबार १३ बैशाख, २०८२ डि बि श्रेष्ठ 1784


सृजनशिल समाज द्वारा आयाेजीत बृहत खुल्ला रक्तदान कार्यक्रम सफलता पुर्बक सम्पन्न ।

 बैशाख १३ काठमाडौं , रामेछाप - काठमाडौं सृजनशिल समाज द्वारा आयाेजीत बृहत खुल्ला रक्तदान कार्यक्रम भब्य रूपमा सम्पन्न भएकाे छ ।

   संस्थाका आजीवन सदस्य तथा वल्ड व्यवस्थापनमा सहजीकरण गर्नुहुने समाजसेवी विक्रम श्रेष्ठको संयोजकत्वमा नेपाल कमर्श क्याम्पस मिनभबनमा आयाेजना गरिएकाे बृहत खुल्ला रक्तदान कार्यक्रममा रामेछाप - काठमाडौं सृजनशिल समाजका आजीवन सदस्यहरू ,रामेछाप ,काठमाडौं लगायत विभिन्न ठाउँका  ७५ जना रक्तदाताहरूले कार्यक्रममा उपस्थितिभै रगत दान गरेकाे संस्थाकाे आधिकारिक फेसबुक पेज बाट सार्वजनिक गरिएकाे छ।

संस्थाले रक्तदान कार्यक्रम सग- सगै रामेछापका विभिन्न समुदायका विभिन्न कारणले  समस्यामा परेकाे व्यक्तिहरू लाई सहयाेग जुटाई आर्थिक सहयाेग गर्नुकाे साथै रामेछापका व्यवसायी किसानहरू लाई बजार व्यवस्थापन गर्न सहजीकरण गर्ने जस्ता विभिन्न प्रकारको सामाजिक कार्य गर्दै आहिरहेकाे संस्थाका संयाेजक डा. कृष्णहरि बुढाथोकीले  विचार वाटिकालाई  जानकारी गराउनु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु