बिहीबार ५ असार, २०८२
असार ५ काठमाडौं, स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालसग नेदरल्यान्ड पराजित भएको छ ।
नेदरल्यान्डले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ,नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन जोडे ५१ बलमा उनले ६ चौका प्रहार गरे आरिफ शेखले आक्रामक ब्याटिङ गरे उनले २३ बलमा ३९ रन बनाए आसिफ शेख ७, भीम सार्की २७ र कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भए दीपेन्द्रसिंह ऐरी १६ र लोकेश बम १२ रनमा अविजित रहे त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

नेदरल्यान्डकाे लागि ओपनर माइकल लेभिटले सर्वाधिक ८६ रन बनाए ५३ बलमा उनले ५ छक्का र ६ चौका प्रहार गरे लेभिट १४ ओभर ३ बलमा करण केसीको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट हुन पुगे सकिब जुल्फिकारले १४ रनको योगदान दिए लेभिटले जुल्फिकारसँग मिलेर पाँचौं विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए रोएलफ भ्यान डेर मेवेले र आर्यन दत्तले आठौं विकेटका लागि ४५ रनको अविजित साझेदारी गरे
बलिङमा नेपालका करण केसीले २, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र ललित राजवंशीले एकएक विकेट लिए नेपालले अब सिरिजको अन्तिम खेल स्कटल्याण्डसँग शुक्रबार खेल्नेछ ।